रौतहट, २३ असार / डिभिजन वन कार्यालय रौतहटले गुजरा नगरपालिकाको डेढ किलोमिटर सडकको पेटीमा वृक्षा रोपन कार्य शुरू गरेको छ । डिभिजन वन कार्यालय रौतहट तथा गुजरा नगरपालिकाको आर्थिक सहयोग ईस्लामपुर देखि कनकपुर सम्मको डेढ किलोमिटर सडकको पेटीमा मलेसियन साल, काइंयो फुल, गोल्ड मोहर जात लगायतका विरुवा रोप्न शुरु गरेको हो ।
बुधबार डिभिजन वन कार्यालय प्रमुख अमरदेव यादव र गुजरा नगरपालिकाका नगरप्रमुख सन्तलाल चौधरीले संयुक्त रुपमा विरूवा रोप्दै वृक्षा रोपन कार्यको शुभ-आरम्भ गरेको सव-डिभिजन वन कार्यालय चोचाका अधिकृत राजेश साहले जानकारी दिएका छन् । भविष्यमा लाल बकैया खोला देखि बालचनपुरसम्मको सडकको दुवै छेउको पेटीमा वृक्षा रोपन गर्ने योजना रहेको भएपनि तत्कालका लागि डेढ किलोमिटर मात्रै वृक्षा रोपन गर्न लागेको वन अधिकृत साहले मेरो हुलाकी डटकमलाई बताएका छन् ।
त्यसै गरी दिन प्रतिदिन वन जंगल बिनाश हुदैँ गएको हुनाले पर्यावरण संरक्षणका लागि गुजरा नगरपालिकाका प्रत्येक वडाको खाली जग्गा तथा सडक पेटीमा वृक्षा रोपन गर्दै जाने योजना रहेको गुजरा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिनोद जयसवालले बताए । उनले गुजरा नगरपालिकालाई "ग्रिन गुजरा" बनाऊने आफ्नो लक्ष्य रहेको समेत बताएका छन, त्यसै अनुरुप यसै आर्थिक वर्ष देखि वृक्षा रोपनका लागि रकम छुट्याउने समेत जानकारी गराएका छन् ।