रौतहट, १२ असार । रौतहटको मौलापुरमा दुई पक्ष बिच भएको झगडामा चार जना घाइते भएका छन् ! मौलापुर नगरपालिका-१ मर्यादपुरमा पानी निकासको विषयलाई लिएर दुई छिमेकी बिच झगडा हुदाँ हृदय यादव, शिवपुजन महतो, ननवा देवी महतो र एकजना अर्की एक महिला घाईते भएका छन् ।
स्थानीय भरत साह सोनार र उनका भाई भागत साह सोनारको घरबाट निस्कने पानी हृदय यादवको खेतमा हालेको निहुमा दुई पक्ष बिच झगडा भएको स्थानीय बासिन्दा भोला पाण्डेलले जानकारी दिएकाछन् । घाइते चारै जनालाई उपचारका लागि वीरगंज लगिएको पाण्डेले बताए ।