रौतहट,२९ जेठ / नेकपा माओवादी केन्द्र रौतहटले अस्थायी कोरोना अस्पताल चन्द्रपुरलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । चन्द्रपुर नगरपालिकाद्वारा संचालित अस्थायी कोरोना अस्पतालका आइसोलेशनमा उपचाररत संक्रमितहरुको स्वास्थ्यलाई मध्ये नजर गर्दै माओवादी केन्द्रले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।
कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका विरुद्ध प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज भट्टराईले बताएका छन् ।
बिहीबार केन्द्रीय सदस्य युवराज भट्टराई (समिर) ले नगर प्रमुख रामचन्द्र चौधरीको उपस्थितीमा पिपीई सेट-१२ थान गाउन-६ थान, पल्स अक्सिमिटर-१७ थान, एन्टिजेन किट-५० थान, टप ग्लोवस-१ प्याकेट, सर्जिकल मास्क २ प्याकेट, एन-९५ मास्क-२० बक्स, स्यानिटाइजर-५ लिटर, अक्सिजन सिलिण्डर-१ थान र थर्मोगन-१ थान हस्तान्तरण गरेका छन् ।