काठमाडौं, २३ भदौ । नेपालमा मंगलबार थप ९ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ४८ हजार एक सय ३८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा ६ जनाको ज्यान गएको हो यससँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार गएको २४ घण्टामा अहिले सम्मकै धेरै २ हजार २ सय ८७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएका जनाएका छन । अहिले सम्म डिस्चार्ज हुनेको सङ्ख्या ३२ हजार नौ सय ६४ जना पुगेको छ ।
यस्तै काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंका ३ सय जना, भक्तपुरका ५८ जना र ललितपुरका ३८ जनामा कोरोना संक्रमण देखिएको हो।